मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

श्रीलङ्काले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने


  • 460
    SHARES
  • https://indrenipost.com/posts/5736
    पुष १०, २०८० मंगलबार
    श्रीलङ्काले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने

    श्रीलङ्काले विदेशमा कार्यरत ३० श्रीलङ्काली अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने भएको छ ।

    श्रीलङ्काका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले मङ्गलबार देशले बाहिरबाट ३० जना श्रीलङ्काली आपराधिक व्यक्तिहरूलाई गिरफ्तार गरी स्वदेश फिर्ता गर्न अभियान शुरु गरेको बताएका छन् ।

    यी अपराधीमध्ये २९ जना दुबई, संयुक्त अरब इमिरेट्स (युएई) र एक जना फ्रान्समा रहेको मन्त्रीले पत्रकारहरूलाई जनाकारी गराएका छन् ।

    श्रीलङ्का सरकारले यी अपराधीहरूलाई पक्राउ गर्न ’रेड नोटिस’ प्राप्त गरेको र हाल युएई र फ्रान्ससँग छलफल गरिरहेको उनले बताउनु भएको छ ।

    मन्त्रीका अनुसार अपराधीहरूले विगत केही दशकअघि श्रीलङ्का छोडेका थिए ।

    श्रीलङ्बामा रहँदा पनि उनीहरू सङ्गठित अपराधमा संलग्न रहेको अनुसन्धानले देखाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij