मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

दैवी प्रकोप

जापान भूकम्प- मृत्यु हुनेको संख्या २० पुग्यो


  • 685
    SHARES
  • https://indrenipost.com/posts/5845
    पुष १७, २०८० मंगलबार
    जापान भूकम्प- मृत्यु हुनेको संख्या २० पुग्यो

    काठमाडौं । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।

    मध्यजापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भएको हो ।

    त्यहाँको राष्ट्रिय समाचार एजेन्सी क्योदोले स्थानीय अधिकारीलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ ।

    जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई ‘समयसँगको लडाइँ’को संज्ञा दिएका छन् सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने उनले बताए ।

    सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्प गएका थिए । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई ‘२०२४ नोटो प्रायद्वीप भूकम्प’को नाम दिएको छ ।

    सोमबारदेखि जापानमा १५५ परकम्प मापन गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij