शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

वर्षमानले भने- बलियो सरकारको बजेट खासै गतिलो देखिएन


  • 271
    SHARES
  • https://indrenipost.com/posts/9299
    जेठ १५, २०८२ बिहीबार
    वर्षमानले भने- बलियो सरकारको बजेट खासै गतिलो देखिएन

    काठमाडौं।प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले बलियो भनिएको सरकारले ल्याएको बजेट बलियो नदेखिएको बताएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्बको बजेट प्रस्तुत गरेपछि पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    बिहीबार संसद् भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसँग कुरा गर्दै पुनले आकारका हिसावले गत वर्षको तुलनामा ठूलोसँगै धेरै छरिएर आएकोसमेत बताए । अर्थतन्त्र रुपान्तरणका लागि ठोस कुरा आउन नसकेको र अर्थतन्त्रका केन्द्रका चर्चालाई पनि नसमेटिएको उनले बताए ।

    पुनले गत वर्षका महत्वपूर्ण कार्यक्रमलाई पनि अहिले समेट्न नसकेकाले नियमित बजेटका रुपमा मात्रै आएको जिकिर गरे । उनले विद्युतीय गाडीको करलाई यसअघिकै रुपमा निरन्तरता दिनु राम्रो कुरा भएको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij