सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

स्वास्थ्य

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट 'जेएन.१' भेटियो [विज्ञप्तिसहित]


  • 406
    SHARES
  • https://indrenipost.com/posts/5916
    पुष २४, २०८० मंगलबार
    नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट 'जेएन.१' भेटियो [विज्ञप्तिसहित]

    काठमाडौं । कोरोना भारइसको नयाँ सव-भेरियन्ट 'जेएन.१' नेपालमा पनि देखिएको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा नमुनामा परीक्षण गर्दा जेएन.१ पुष्टि भएको जानकारी दिएको छ ।

    आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन.१ पुष्टि भएको हो ।

    यद्यपि नयाँ भेरियन्ट भनिएको जेएन.१ पनि ओमिक्रोनकै सब भेरियन्ट हो । पछिल्लो समय छिमेकी भारतमा पनि जेएन.१ भेरियन्ट सक्रिय हुँदा संक्रमितको संख्या बढेको छ ।

    नेपालमा पनि नयाँ भेरियन्ट फेला परेको उल्लेख गर्दै मन्त्रालयले सर्तक रहन आग्रह गरेको छ ।

    साथै प्रवेश नाकाहरूमा हेल्थ डेस्क स्थापनादेखि आवश्यक निगरानी बढाउन पनि भनिएको छ ।

    विज्ञप्ति :

    korona-1704717234.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij