मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

अपडेट : जापान भूकम्प- २०३ जनाको मृत्यु, अझैँ ६८ बेपत्ता


  • 469
    SHARES
  • https://indrenipost.com/posts/5951
    पुष २५, २०८० बुधबार
    अपडेट : जापान भूकम्प- २०३ जनाको मृत्यु, अझैँ ६८ बेपत्ता

    जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको र अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

    सुजु सहरमा ९१, वाजिमा ८१, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा तीन, शिका र हाकुईमा एक÷एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    प्रभावित क्षेत्रमा, भवन भत्किने जोखिम मूल्याङ्कनमा उच्च ध्यान केन्द्रित गरिएको छ ।

    मङ्गलबारदेखि लगातारको वर्षाले, पहिरोजस्ता खतराहरूको सम्भाव्यताको बारेमा सजगता बढाउँदै अधिकारीहरूले चेतावनी जारी गरेका छन् ।

    क्योदोले क्षेत्रीय मौसम विज्ञान पर्यवेक्षकलाई उद्धृत गर्दै चुचुरोमा चिसो हावाको कारण वायुमण्डल अस्थिर रहने, भूकम्प र वर्षाले हिउँ पग्ली नोटो क्षेत्रमा जमिन अस्थिर हुने सम्भावना बढेको रिपोर्ट गरेको छ ।

    क्षेत्रीय अधिकारीहरूका अनुसार, कोभिड–१९ र इन्फ्लुएन्जाजस्ता सङ्क्रामक रोगहरूको बढ्दो जोखिमको बीचमा २६ हजारभन्दा बढी व्यक्तिहरूले विभिन्न शिविरहमा आश्रय लिइरहेका छन् ।

    प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण करिब तीन हजार १०० व्यक्ति राज्यको सहज पहँुचभन्दा टाढा बस्न बाध्य छन् ।

    ठेगाना नखुलेका व्यक्तिको विषयमा उत्पन्न अन्योलको जवाफमा विभिन्न माध्यमबाट सङ्कलन सूचनाहरू एकीकृत गरी सङ्ख्या अद्यावधिक गरिने स्थानीय अधिकारीहरूले बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij