मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

दैवी प्रकोप

अपडेट : जापान भूकम्प- मृत्यु हुनेको संख्या २१३ पुग्यो, अझै ५२ जना बेपत्ता


  • 415
    SHARES
  • https://indrenipost.com/posts/5965
    पुष २६, २०८० बिहीबार
    अपडेट : जापान भूकम्प- मृत्यु हुनेको संख्या २१३ पुग्यो, अझै ५२ जना बेपत्ता

    सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको संखया २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् ।

    बिहीबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरी भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको छ ।

    मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक/एकजनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । क्षेत्रीय सरकारले भूकम्प तथा अन्य आठ प्रकोपसँग सम्बन्धित मृत्युको समेत पुष्टि गरेको छ ।

    भूकम्पको जोखिबाट बाचेका तर आर्थिक विपन्नताका कारण भूकम्पपछिको शारीरिक र मानसिक पीडा तथा चोटपटकले गर्दा मृत्युवरण गरेको सरकार क्षेत्रीय सरकारले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij