जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गरेका छन् ।
क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग पछि हट्ने र पुनः सङ्गठित हुनका लागि गर्ने उनले बताए ।
युक्रेनी रणभूमिमा युद्धविरामको अर्थ युद्धमा विराम हुने होइन, इस्टोनिया भ्रमणका क्रममा उनले भने, युद्धविराम रुसको हातमा हुनेछ, युद्धविरामले पछि हामीलाई कुल्चन सक्नेछ ।
सन् २०२२ फेब्रुअरीमा रुसको पूर्णस्तरको आक्रमणपछि कहिलेकाहीँ सीमित युद्धविरामको प्रस्ताव गरिएको छ तर कहिले पनि यसलाई लागु गरिएको छैन ।
बाइस महिनाको युद्धपछि र लामो सङ्घर्षको सम्भावनाका साथ दुवै पक्षले आफ्ना हतियार पुनः बढाउन सङ्घर्ष गरिरहेका छन् ।
करिब एक हजार पाँच सय किलोमिटरको फ्रन्ट लाइन अधिकांश चिसो मौसमका साथ स्थिर रहन्छ ।
यस्तो अवस्थामा लामो दूरीको हमलालाई सक्षम बनाउन दुवै पक्षलाई तोपखाना गोला, मिसाइल र ड्रोनको आवश्यकता पर्छ ।
मस्कोले कथितरूपमा उत्तर कोरियाबाट तोपखाना गोला र मिसाइल तथा इरानबाट ड्रोन किनिरहेको जेलेन्स्कीले बताए ।