मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

युक्रेनका लागि नयाँ ‘सहयोग कार्यक्रम’ तयार गर्न सुनक कीएभ जाने


  • 352
    SHARES
  • https://indrenipost.com/posts/5991
    पुष २७, २०८० शुक्रबार
    युक्रेनका लागि नयाँ ‘सहयोग कार्यक्रम’ तयार गर्न सुनक कीएभ जाने

    बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका लागि ‘सहयोगको एउटा ठूलो नयाँ प्याकेज’ को शुभारम्भ गर्न र यस आर्थिक वर्षका लागि सैन्य सहयोग २.५ अर्ब पाउन्ड (३.२ अर्ब डलर) पु¥याउन शुक्रबार किएभको भ्रमण गर्नुहुने उहाँको कार्यालयले जनाएको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ‘ऐतिहासिक’ सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ।

    यो सङ्ख्या विगत दुई वर्षमा २० करोड पाउन्डको वृद्धि हो र यसले ‘ड्रोनको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता’ सुनिश्चित गर्नेछ ।

    सुनकको डाउनिङ स्ट्रिट कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो ‘टोटेमिक एग्रिमेन्ट’ दुई देशबीचको ‘अविचलित सय वर्षे साझेदारी’ को दिशामा पहिलो कदम हुनुपर्छ ।

    यो अतिरिक्त रकम लामो दूरीका क्षेप्यास्त्र, हवाई प्रतिरक्षा, तोपखाना गोलाबारुद र सामुद्रिक सुरक्षालगायत क्षेत्रमा लक्षित हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij