मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

अमेरिकामा भीषण आँधी- २००० भन्दा बढी उडान रद्द, २४०० बढी उडानमा ढिलाइ


  • 478
    SHARES
  • https://indrenipost.com/posts/6008
    पुष २८, २०८० शनिबार
    अमेरिकामा भीषण आँधी- २००० भन्दा बढी उडान रद्द, २४०० बढी उडानमा ढिलाइ

    अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले शुक्रबार जनाएको छ ।

    विमानस्थल प्रशासनले दिएको विवरण अनुसार आँधीका कारण अहिलेसम्म दुई हजार भन्दा बढी उडानहरू रद्द भएका छन् भने दुई हजारभन्दा बढी उडान ढिलो भएका छन् ।

    सिकागोको ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ प्रतिशत आगमन र करिब ४० प्रतिशत प्रस्थान रद्द भएका छन् भने शिकागो मिडवे अन्तर्राष्ट्रिय विमानस्थलमा ६० प्रतिशत आवागमन रद्द गरिएको छ ।

    त्यस्तै, डेनभर इन्टरनेसनल र मिल्वौकी मिचेल इन्टरनेसनल पनि प्रभावित भएका छन् ।

    सीएनएनका अनुसार ७३७ म्याक्स ९ विमान ग्राउन्डेड भएका कारण रद्द हुनुले पनि यो सङ्ख्यामा वृद्धि भएको हुनसक्छ ।

    सङ्घी उड्डयन प्रशासन (एफए) ले अनिवार्य गरेको ग्राउन्डिङका कारण यस साता युनाइटेड र अलास्का एयरलाइन्सका २०० भन्दा बढी उडान रद्द भएका छन् ।

    एफएए र बोइङले अझै पनि निरीक्षण प्रोटोकलमा सम्झौता गर्ने प्रयास गरिरहेका छन् जसले ती विमानहरूलाई उडान सुरु गर्न अनुमति दिन्छ ।

    यसबाहेक अमेरिकाका अन्य क्षेत्रमा हुने हवाइ आवागमनमा पनि आँधीको प्रभाव देखिएको छ ।

    अधिकांश उडान रद्द हुनुलाई अत्यधिक जाडो र आँधीको कारण भएको बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij