न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले विवाह गरेकी छन् ।
प्रेमी क्लार्क गेफोर्डसँग ५ वर्षअघि इन्गेजमेन्ट गरेकी आर्डर्नले शनिबार बिहे गरेकी हुन् ।
सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।
शनिबार उनको विवाह समारोहमा परिवारका सदस्य, साथी र नजिकका राजनीतिकर्मी सहभागी भएका थिए ।.
न्युजिल्यान्डको नर्थ आइल्यान्डको हक्स बेमा कडा सुरक्षाबीच विवाह समारोह आयोजना गरिएको थियो ।
विवाह समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए ।
सन् २०१७ मा ३७ वर्षकै उमेरमा न्युजिल्यान्डको ४०औँ प्रधानमन्त्री बनेकी आर्डर्नले २०२३ जनवरीमा पदबाट राजीनामा दिएकी थिइन् ।