मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

गाजा युद्ध- १०० दिन : संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न आह्वान


  • 397
    SHARES
  • https://indrenipost.com/posts/6072
    माघ २, २०८० मंगलबार
    गाजा युद्ध- १०० दिन : संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न आह्वान

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन् ।

    गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई जटिल बनाउँदै लगेको उनले बताए ।

    उनले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढिरहेको भन्दै चाँडै युद्धविराम गर्न आह्वान गरे । उनले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताए ।

    उनले इजरायल र लेबनान बीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने बताए । द्वन्द्व सुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको उनकाे भनाइ छ ।

    उनले गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भए पनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताए ।

    भोकमरीको लामो छायाले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा पारेको साथै सहायता अभियानले गाजाभित्र वितरणमा पनि ठूलो बाधाहरू सामना गरिरहेको उनकाे भनाइ छ ।

    हमासले गरेको हिंसालाई कुनै पनि कुराले न्याय दिन नसक्ने पनि उनले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij