मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

स्वास्थ्य

सन् २०२४ को पहिलो महिनामै ५ हजारभन्दा बढी डेंगीका बिरामी


  • 505
    SHARES
  • https://indrenipost.com/posts/6080
    माघ २, २०८० मंगलबार
    सन् २०२४ को पहिलो महिनामै ५ हजारभन्दा बढी डेंगीका बिरामी

    श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म ५ हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामी फेला परेका छन् ।

    राष्ट्रिय डेंगी नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा ५ हजार ८२९ जनामा सङ्क्रमण देखिएको उल्लेख छ ।

    पश्चिमी प्रान्तमा सबैभन्दा बढी १ हजार ९५६ मामिलाहरू रिपोर्ट गरिएको छ भने, उत्तरी प्रान्तमा १ हजार ३९० मामिलाहरू छन् ।

    गत वर्ष, श्रीलङ्कामा ८८ हजार ३९८ डेंगीका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो ।

    जनवरीको शुरुमा, स्वास्थ्य मन्त्रालयले देशमा लामखुट्टेबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगी रोकथाम सप्ताह घोषणा गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij