मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

दुई साता नबित्दै जापानको विमानस्थलमा फेरि ठोक्किए विमान


  • 532
    SHARES
  • https://indrenipost.com/posts/6090
    माघ २, २०८० मंगलबार
    दुई साता नबित्दै जापानको विमानस्थलमा फेरि ठोक्किए विमान

    गत जनवरी २ मा जापानको राजधानी टोकियोको हानदा विमानस्थलमा दुई विमान ठोक्किँदा ठूलो दुर्घटना निम्तिएको थियो ।

    सो घटना भएको ठीक दुई हप्तापछि जापानमा मंगलबार फेरि दुई विमान एकआपसमा ठोक्किएका छन् ।

    होक्काइडोको न्यु चितोस विमानस्थलमा स्थानीय समयअनुसार साढे ५ बजे यो दुर्घटना भएको हो ।

    यो घटनामा कुनै हताहती भने भएको छैन । दक्षिण कोरियाली विमान कोरियन एयर र हङकङको क्याथे प्यासिफिकको विमान ठोक्किएका हुन् ।

    कोरियन एयरले उडान भर्ने बेलामा क्याथे प्यासिफिककको विमानलाई ठक्कर दिएको हो । त्यसबेला क्याथे प्यासिफिकको विमानमा भने कुनै यात्रु थिएनन् ।

    यस घटनापछि आज चितासे विमानस्थलमा कैयौं उडान रद्द गरिएका छन् । १४ दिनअघि हानेदा विमानस्थलमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो ।

    जापान एयरलाइन्सको विमानले तटरक्षक विमानलाई ठक्कर दिएको थियो । दुवै विमानहरू ठोक्किएपछि जलेर पूर्ण रुपमा नष्ट भएका थिए ।

    जापान एयरलाइन्सका सबै ३७९ यात्रु बच्दा तटरक्षक विमानका यात्रुको ज्यान गएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij