मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

अपडेट- इजरायली आक्रमण : गाजामा ४ हजारभन्दा बढी विद्यार्थी मारिए, ३८८ विद्यालय ध्वस्त


  • 451
    SHARES
  • https://indrenipost.com/posts/6093
    माघ ३, २०८० बुधबार
    अपडेट- इजरायली आक्रमण : गाजामा ४ हजारभन्दा बढी विद्यार्थी मारिए, ३८८ विद्यालय ध्वस्त

    इजरायली हमलामा परी गाजामा ४ हजार भन्दा बढी बिधार्थीको मृत्यु भएको छ ।    

    प्यालेस्टाइनको शिक्षा मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखि हालसम्म ४ हजार ३६८ विद्यार्थीको मृत्यु भएको छ  ।   

    साथै, सो हमलामा परी ३८८ विद्यालयमा बम विष्फोटका कारण क्षतिग्रस्त भएको छ । 

    प्यालेस्टिनी शिक्षा मन्त्रालयका हालै सार्बजनिक गरेको तथ्यांक अनुसार गाजा पट्टीमा अक्टोबर ७ यता इजरायली आक्रमण सुरु भए पछि हालसम्म ४ हजार ३६८ प्यालेस्टाइनी विद्यार्थीहरूले कब्जामा लिएको क्षेत्रमा मारिएका छन् ।  

    मन्त्रालयको विज्ञप्ति अनुसार विगत साढे तीन महिनामा गाजामा मारिएका विद्यार्थीहरूको संख्या ४ हजार ३ सय २७ भएको र इजरायली आक्रमणमा अन्य ७ हजार ८ सय १९ घाइते भएको बताएको छ ।  

    कब्जा गरिएको वेस्ट बैंकमा ४१ विद्यार्थीहरू मारिएका छन् र २८२ अन्य घाइते भएका छन् ।

    सोही अवधिमा इजरायलले कम्तीमा ८५ विद्यार्थीलाई पक्राउ गरेको थियो। साथै, गाजा पट्टीमा २३१ शिक्षक र प्रशासकहरू मारिए र ७५६ घाइते भए ।  

    मन्त्रालयका अनुसार गाजा स्ट्रिपमा इजरायलले कम्तीमा २८१ सरकारी विद्यालय र संयुक्त राष्ट्रसंघीय राहत र शरणार्थी कार्य एजेन्सीसँग आबद्ध ६५ विद्यालयमा बमबारी गरेको थियो ।

    जसमध्ये ८३ वटा गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए भने सात वटा पूर्ण रूपमा ध्वस्त भएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij