मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

चीनको जनसंख्या बर्सेनि घट्दै, यस वर्ष पनि घट्यो


  • 478
    SHARES
  • https://indrenipost.com/posts/6101
    माघ ३, २०८० बुधबार
    चीनको जनसंख्या बर्सेनि घट्दै, यस वर्ष पनि घट्यो

    चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घटेको छ । सन् २०२३ मा पनि चीनको जनसंख्या घटेको हो ।

    विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा यसले जनसांख्यिकीय चुनौतीको संकेत गरेको छ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरो (एनबीएस)ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनको जनसंख्या १ अर्ब ४० करोड ९० लाख रहेको छ ।

    अघिल्लो वर्षको तुलनामा चीनको जनसंख्या करिब २० लाख घटेको हो । एनबीएसले गत वर्ष चीनको अर्थतन्त्र ५.२ प्रतिशतले बढेको जनाएको छ । सन् २०२२ मा भने चीनको अर्थतन्त्र ३ प्रतिशतले मात्रै बढेको थियो ।

    चीनको जन्मदर पनि प्रतिएक हजारमा ६.३९ मा झरेको छ । अघिल्लो वर्ष यो जन्मदर ६.७७ रहेको थियो । सन् २०२३ मा चीनका करिब ९० लाख शिशु जन्मिएका छन् । सन् २०२२ मा यो संख्या करिब ९५ लाख थियो ।

    काममा सक्रिय १६ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या सन् २०२२ को तुलनामा एक करोड ७५ लाखले घटेको छ । ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या २०२२ को तुलनामा एक करोड ६० लाख ९३ हजार बढेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij