मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

दैवी प्रकोप

चीनमा गयो शक्तिशाली भूकम्प


  • 829
    SHARES
  • https://indrenipost.com/posts/6112
    माघ ९, २०८० मंगलबार
    चीनमा गयो शक्तिशाली भूकम्प

    उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मंगलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

    २२ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।

    मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको शक्तिशाली परकम्प आएका थिए । भूकम्पको केन्द्रविन्दुमा कैयौँ आवासीय घर र गाईवस्तुका गोठहरू भत्किएका छन् । केही मानिस सामान्य घाइते भएका छन् ।

    भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij