मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

गाजा हमलामा २१ इजरायली सैनिकको मृत्यु


  • 451
    SHARES
  • https://indrenipost.com/posts/6133
    माघ १०, २०८० बुधबार
    गाजा हमलामा २१ इजरायली सैनिकको मृत्यु

    इजरायली सेनाले मङ्गलबार मध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको छ ।

    एक पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले सैनिकहरूले दुई भवनहरू ध्वस्त पार्न विस्फोटक तयारी गरिरहेको बताउनु भएको छ ।

    आतङ्ककारीहरूले सोमबार नजिकैको ट्याङ्कमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरे पछि समय अगावै विस्फोट निम्त्यायो जसको परिणामस्वरूप भवनहरू ढले सैनिकहरू भित्र तथा नजिकै थिए ।

    सेनाले एक विज्ञप्तिमा दुर्घटनामा पर्नेहरु २२ – ३७ वर्ष उमेरका रिजर्भ सैनिकहरू भएको बताएको छ ।

    यो घटना अक्टोबर सातमा गाजामा हमास विरुद्धको युद्ध सुरु भएपछिको इजरायली सेनामाथि भएको सबैभन्दा घातक एकल आक्रमण हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij