पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा करिब २०० प्यालेष्टिनी नागरिक मारिएका छन्। ३५४ जना घाइते भएका छन् ।
अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तीमा २५ हजार ४९० जनाको मृत्यु भएको छ भने ६३ हजार घाइते भएका छन् ।
यता गाजामा मारिने इजरायली सैनिकको कुल संख्या २१९ पुगेको छ । अहिलेसम्म एक हजार २३२ जना घाइते भएको अलजजिराले जनाएको छ ।