मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

युक्रेनमा रुसी मिसाइल आक्रमणमा पाँचजनाको मृत्यु, ४० घाइते


  • 388
    SHARES
  • https://indrenipost.com/posts/6139
    माघ १०, २०८० बुधबार
    युक्रेनमा रुसी मिसाइल आक्रमणमा पाँचजनाको मृत्यु, ४० घाइते

    काठमाडौं । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताएका छन् ।

    पूर्वी सहर खार्किभमा तीनजनाको मृत्यु भएको थियो । जहाँ मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा प्रहार गरेको थियो । मध्य युक्रेनको पाभ्लोहराद सहरमा एकजनाको र किभमा अर्का एकजनाको मृत्यु भएको थियो ।

    किभमा १८ जना घाइते भएका छन् । जसमा १३ जना अस्पतालमा भर्ना भएका छन् । युक्रेनी वायुसेनाले रुसले आक्रमणमा १५ क्रुज मिसाइल र १२ ब्यालिस्टिक मिसाइलसहित ४१ मिसाइल प्रयोग गरेको बताएको छ ।

    एयर डिफेन्सले सबै क्रुज मिसाइल, पाँच ब्यालेस्टिक मिसाइल र एउटा गाइडेड एभिएसन मिसाइल खसालेको बताएको छ ।

    हवाई आक्रमणले युक्रेनमा रुसले एक महिनाभन्दा कम अवधिमा चौथो ठूलो हमला गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij