मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

समाचार

१ टनभन्दा बढी अवैध लागुऔषध बरामद


  • 415
    SHARES
  • https://indrenipost.com/posts/6142
    माघ १०, २०८० बुधबार
    १ टनभन्दा बढी अवैध लागुऔषध बरामद

    उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागूऔषध बरामद गरेको छ ।

    प्रेह विहेर प्रान्तीय सैन्य प्रहरीका प्रमुख ब्रिगेडियर जेनेल काङ साओकुनले जनवरी २० को राति चे सेन जिल्लामा छाडिएको एसयूभी कारमा उक्त परिमाणको लागूऔषध भेला पारिएको बताएका छन् ।

    उनले छिमेकी मुलुकबाट सीमा पार गरेर लागुऔषध ओसारपसार गर्ने शंकास्पद व्यक्तिहरू उक्त क्षेत्रमा गस्तीमा रहेका प्रान्तीय सैनिक प्रहरी अधिकारीले देखेपछि कार छाडेर नजिकैको जङ्गलमा भागेको पनि उहाँले जानकारी दिएका छन् ।

    कुल १ हजार २० किलोग्राम क्रिस्टल मेथाम्फेटामाइन बरामद गरिएको छ र हामी संदिग्ध (हरू) को खोजी गरिरहेका छौं, उनले सिन्ह्वालाई भने ।

    सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको कारबाहीका क्रममा लागूऔषध संदिग्ध कारोबारीहरूको कब्जाबाट कुल २.९७ टन सबै प्रकारका अवैध लागूऔषध बरामद गरिएको प्रतिवेदनले जनाएको छ ।

    बरामद लागुऔषधमा हेरोइन, एक्स्टेसी, केटामाइन, निमेटजेपाम, कोकिन, क्रिस्टल मेथाम्फेटामाइन, मेथाम्फेटामाइन चक्की, क्याथिनोन लगायतका लागुऔषध रहेका छन् ।

    यहाँ अवैध लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय छैन तर ८० ग्रामभन्दा बढी अवैध लागूऔषध ओसारपसारमा दोषी पाइएमा आजीवन कैद सजाय हुनसक्ने प्रावधान छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij