यमनको हुथी विद्रोही समूहले अदनको खाडीमा पुनः अमेरिकी युद्धपोतमाथि आक्रमण गरेको छ ।
हुथी समूहले बेलायती मालवाहक जहाजमा समेत आक्रमण गरेको छ ।
इजरायल–हमास युद्धपछि अदनको खाडीमा सक्रिय रहेको हुथी समूहले अमेरिका तथा बेलायतका मालवाहक जहाज लक्षित आक्रमण बढाएको हो ।
गएराति भएको हुथी आक्रमणमा बेलायती जहाजमा आगो लागेको छ ।
मानवीय क्षति भएको बारेका विवरण भने सार्वजनिक भएका छैनन् ।
हुथीले पुनः युद्धपोतलाई नै निशाना बनाएर ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि अमेरिकी सैनिक हुथीविरुद्ध थप आक्रामक बन्ने अनुमान गरिएको छ ।
ह्वाइट हाउसका अधिकारी जोन किर्बीले हुथीविरुद्ध शक्तिशाली जवाफ दिने चेतावनी दिएका छन् ।
अमेरिका र बेलायतले यसअघि यमनको राजधानी सनामा हुथी समूहका हतियार भण्डारण, तालिम केन्द्रलगायतमा हवाइ आक्रामण गरिसकेका छन् ।