मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पाकिस्तानमा निमोनियाको प्रकोप : २०० बढी बालबालिकाको मृत्यु


  • 496
    SHARES
  • https://indrenipost.com/posts/6202
    माघ १४, २०८० आइतबार
    पाकिस्तानमा निमोनियाको प्रकोप : २०० बढी बालबालिकाको मृत्यु

    इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा निकै चिसोका कारण निमोनियाका हुँदा दुई सयभन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।

    पञ्जाब सरकारले शुक्रबार मृत्युको पुष्टि गर्दै पछिल्लो तीन हप्तामा उक्त मृत्यु भएको स्पष्ट पारेको थियो ।

    पञ्जाबको सरकारका अनुसार मृत्यु भएका अधिकांश बालबालिकाले निमोनियाको खोप पाएका थिएनन्, कुपोषित थिए र अपर्याप्त स्तनपानका कारण उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको थियो ।

    यसै अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै सरकारले पञ्जाब प्रदेशभरका विद्यालयमा माघ १७ गतेसम्म बिहानको प्रार्थना गर्न रोक लगाएको छ ।

    एक महिनादेखि पञ्जाबमा निमोनियाका १० हजार ५२० विरामी देखिएका छन् । त्यसरी ज्यान गुमाएका २२० जना त पाँच वर्षमुनिका बालबालिका छन्, तीमध्ये ४७ जना लाहोरका थिए ।

    पञ्जाबका खोप कार्यक्रमका निर्देशक मुख्तार अहमदले पाकिस्तानमा शिशुहरूलाई सामान्यतया जन्मेको ६ हप्तापछि पहिलो एन्टि-निमोनिया खोप दिइने गरेको बताए ।

    पाकिस्तानमा दुई वर्षसम्मका बालबालिकालाई १२ वटा खोप लगाइन्छ, तीमध्ये तीनवटा खोप बालबालिकालाई निमोनियाबाट बचाउन दिइन्छ ।

    खोप लगाइएका बालबालिका ब्याक्टेरियाको संक्रमणबाट सुरक्षित हुन्छन् तर भाइरल निमोनियाबाट प्रभावित हुन सक्छन् ।

    चिसो बढेसँगै बालबालिकामा भाइरल निमोनिया तीव्र गतिमा बढ्दै गएको र कोरोना महामारीको रूपमा फैलिएको बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij