संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गरेका छन् ।
गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै भने, मैले उहाँहरूको चिन्ता बुझेको छु । म आफैं यी आरोपहरूप्रति चिन्तित भएको छु । मैले यूएनआरडब्ल्यूएको सहयोगको निरन्तरताको सुनिश्चित गर्न आफ्नो योगदान स्थगित गरेका सरकारहरूलाई जोडदार अपील गर्दछु ।
इजरायलले हमासको आक्रमणमा यूएनआरडब्लुएका कैयौँ कर्मचारीको संलग्नता रहेको आरोप लगाउँदै आएको छ जसका कारण केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो आर्थिक सहायता रोकेका छन् ।
यूएनआरडब्ल्यूएले इजरायलको आरोपको लागि धेरै कर्मचारीहरूलाई बर्खास्त गरेको थियो भने दावीहरूको विस्तृत अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको थियो ।
इजरायलले युद्धपछि गाजामा यूएनआरडब्लुएको काम रोक्ने प्रतिज्ञा गरेको थियो ।