मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकी पत्नीलाई पनि भ्रष्टाचार अभियोगमा १४ वर्ष जेल सजाय


  • 433
    SHARES
  • https://indrenipost.com/posts/6259
    माघ १७, २०८० बुधबार
    पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकी पत्नीलाई पनि भ्रष्टाचार अभियोगमा १४ वर्ष जेल सजाय

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ ।

    राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि यो फैसला आएको हो ।

    पीटीआईका संस्थापक तथा पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नीलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गरिएको छ भने उहाँलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत गरिएको छ ।

    एआरवाई न्यूजका अनुसार बुधबारको सुनुवाईमा पीटीआईका संस्थापक बीबीलाई अदालतमा पेश गरिएको थियो । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ताले भने, हाम्रो न्यायिक प्रणाली लाई भत्काइँदैछ । यो पाकिस्तानको इतिहासमा अर्को दुःखद दिन हो ।

    गत अगष्टमा पक्राउ परेदेखि अधिकांश समय हिरासतमा राखिएको जेलभित्र भएको सुनुवाइपछि खानको सजाय लगातार वा सँगसँगै चलिरहने हो वा होइन भन्ने स्पष्ट हुन सकेको छैन ।

    खानका वकिल सलमान सफदरले पनि एएफपीसँग कुरा गर्दै खान र उहाँकी पत्नी बुशरा बीबीलाई सजाय सुनाइएको पुष्टि गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij