मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

ग्यास विस्फोट हुँदा ५ जनाको मृत्यु


  • 478
    SHARES
  • https://indrenipost.com/posts/6272
    माघ १८, २०८० बिहीबार
    ग्यास विस्फोट हुँदा ५ जनाको मृत्यु

    गत हप्ता मङ्गोलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेसनल ट्रमा एन्ड अर्थोपेडिक रिसर्च सेन्टरले बिहीबार बताएको छ ।

    करिब ६० टन तरलीकृत प्राकृतिक ग्यास बोकेको ट्रक गत बुधबार बिहान कारसँग ठोक्किदा विस्फोट भएको थियो ।

    देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले सुरुमा आगलागीमा तीन जना अग्नि नियन्त्रकसहित अन्य तीन जनाको मृत्यु भएको बताएको थियो।

    घटनापछि थप तीन जना अग्निनियन्त्रकको मृत्यु भएको बताइएको थियो ।

    राष्ट्रिय ट्रमा सेन्टरले बिहीबार एएफपीलाई थप दुई जनाको मृत्यु भएको र मृतकको सङ्या पाँच पुगेको बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij