अमेरिकी सेनाले इराक र सिरियामा इरान समर्थित मिलिसियाका क्याम्पमा आक्रमण शुरु गरेको छ ।
आफ्नो हवाइ बेसमा भएको आक्रमणको बदलामा अमेरिकाले शक्तिशाली कारबाही शुरु गरेको हो ।
जोर्डनको हवाइ बेसमा तीन अमेरिकी सैनिक मारिएका थिए। केही घाइते भएका थिए ।
त्यसलगत्तै आक्रोशित बनेको अमेरिकाले इरान समर्थित लडाकू समूहलाई जवाफ दिने प्रतिक्रिया दिएको थियो ।
साथै अमेरिकी संसदको प्रतिपक्षी दल रिपब्लिकन पार्टीले इरानमै आक्रमण गर्न सरकारलाई दबाब दिएको थियो ।
अमेरिकाले इराक र सिरियामा शुरु गरेको कारबाही २५ मिनेटभित्र विभिन्न सात ठाउँमा हवाइ आक्रमण गरेको एजेन्सीले जनाएका छन् ।
आक्रमणमा हालसम्म ६ जनाको मृत्यु भएको बताइएको छ ।