सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

अपडेट : चिलीको जंगलमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ५१ पुग्यो


  • 559
    SHARES
  • https://indrenipost.com/posts/6365
    माघ २१, २०८० आइतबार
    अपडेट : चिलीको जंगलमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ५१ पुग्यो

    मध्य चिलीको जंगलमा लागेको आगोले कम्तिमा ५१ जनाको ज्यान लिइसकेको छ । सो घटनामा परी मृत्यु हुनेको संख्या अझै बढ्दै जाने सम्भावना देखिएको छ  ।   

    चिलिका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी क्षेत्रतर्फ जान सक्ने आगो निभाउन संघर्ष गरिरहेको छ । ‘

    मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुवाँ आकाशमा उडिरहेको छ जबकि अग्नि नियन्त्रकहरूले हेलिकप्टर र ट्रकहरू प्रयोग गरेर आगो निभाउन संघर्ष गरिरहेका छन,’ स्थानिय स्मिथले भने ।

    तटीय पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् र उद्धार टोलीहरू सबै प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको चिलीका अधिकारीहरूले जनाएका छन ।  

    भाल्पराइसोको अवस्था सबैभन्दा नाजुक छ किनभने २०१० को भूकम्पपछिको सबैभन्दा खराब विपत्तिको सामना गरिरहेको छ, जुन भुकम्पमा करिब ५०० जनाको मृत्यु भएको थियो ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij