सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अपडेट : इजरायल-हमास युद्धमा २२५ इजरायली सेनाको मृत्यु


  • 451
    SHARES
  • https://indrenipost.com/posts/6380
    माघ २२, २०८० सोमबार
    अपडेट : इजरायल-हमास युद्धमा २२५ इजरायली सेनाको मृत्यु

    इजरायल र हमासबीचको लडाइँ झै जारी छ । जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ ।   

    इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखि यता भएका युद्धमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ ।   

    साथै, पछिल्लो समयमा २४ वर्षीय सार्जेन्ट फर्स्ट क्लास शिमोन येहोशुआ असुलिनको दक्षिणी गाजामा हमासविरुद्धको लडाइँमा मृत्यु भएको इजरायलले जनाएको छ । 

    टाइम्स अफ इजरायलका अनुसार हालै मृत्यु भएका सैनिक येहोशुआ इजरायलको बेइट शेमेशका बासिन्दा थिए र हरेल ब्रिगेडको ९२४ औं इन्जिनियरिङ बटालियनमा कार्यरत रहेका थिए थिए ।

    दक्षिणी गाजा पट्टीमा उनको हत्या भएको हो । उता, इजरायलले लेबनानका विभिन्न स्थानमा आक्रामण गरेको जनाएको छ ।   

    शनिबार मात्रै दक्षिणी लेबनानको तैबेह गाउँमा रहेको हिज्बुल्लाह भवनमा हवाई हमला गरिएको थियो । दिनभरि आइडिएफले लेबनानका विभिन्न स्थानहरूमा तोपका गोलाहरू प्रहार गरेको हो ।

    तर, त्यस हमलाबाट कति हताहत भए भन्ने बारेमा कुनै जानकारी दिइएको छैन ।    हिजबुल्लाह लेबनानमा एक शिया राजनीतिक र अर्धसैनिक संगठन हो ।

    हिजबुल्लाह लेबनानी गृहयुद्धको समयमा स्थापित भएको समुह हो, जसको नेतृत्व हसन नसरल्लाहले गरिरहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij