सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

नेपाल प्रहरीद्वारा १ हजार ८५६ जवान र खेलाडीका लागि आवेदन आह्वान [सूचनासहि]


  • 388
    SHARES
  • https://indrenipost.com/posts/6495
    माघ २६, २०८० शुक्रबार
    नेपाल प्रहरीद्वारा १ हजार ८५६ जवान र खेलाडीका लागि आवेदन आह्वान [सूचनासहि]

    काठमाडौं । नेपाल प्रहरीले २ हजारभन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ ।

    शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो ।

    जस अन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ ।

    खेलाडीतर्फ एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन् ।

    14-1707441393.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij