सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

शान्तिका लागि एकजुट हुन संयुक्त राष्ट्रसङ्घको आह्वान


  • 532
    SHARES
  • https://indrenipost.com/posts/6510
    माघ २६, २०८० शुक्रबार
    शान्तिका लागि एकजुट हुन संयुक्त राष्ट्रसङ्घको आह्वान

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार शान्तिका लागि एकजुट हुन आह्वान गरेका छन् ।

    सन् २०२४ को प्राथमिकताबारे न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले न्यायपूर्ण र दिगो शान्ति कायम गर्न संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुरूप शान्तिका लागि काम गर्नु आवश्यक रहेको बताएका हुन् ।

    एकीकरण लामो र विस्तृत एजेन्डा भएको बताउँदै उनले विभिन्न चुनौतीहरू साझा सूत्रद्वारा जोडिएको, आयामहरूमा शान्तिको आवश्यकता भएकोले शान्ति एकीकरणको बन्धन भएको बताएका छन् ।

    युगौं पुरानो आणविक खतरा, जलवायु आपतकाल, र कृत्रिम बौद्धिकताको अनियन्त्रित चुनौतीहरूको बिचमा एकताबद्ध र सङ्गठित प्रतिक्रियाको आवश्यकता रहेको पनि उनले बताए ।

    कृतिम बौद्धिकताबाट उत्पन्न खतरालाई सम्बोधन गर्न, जलवायु परिवर्तन नियन्त्रण गर्न तथा दिगो विकास लक्ष्यहरू प्राप्त गर्न, अगाडि बढ्ने बाटो चुनौतीपूर्ण भए पनि स्पष्ट रहेको उनको धारणा थियो ।

    डरलाग्दा चुनौतीका बिचमा जटिल बाटो छिचोल्दै शान्ति र एकताको आह्वान संयुक्त राष्ट्रसङ्घभित्र तथा बाहिर गहन आवश्यकता रहेको उनले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij