सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

अपडेट : गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार नजिक


  • 415
    SHARES
  • https://indrenipost.com/posts/6529
    माघ २७, २०८० शनिबार
    अपडेट : गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार नजिक

    गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले गत वर्ष अक्टोबरमा इजरायल-हमास द्वन्द्व सशुरु भएदेखि तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टाइनीहरू घाइते भएको बताएको छ ।

    इजरायली सेनाको आक्रमणबाट विगत २४ घण्टामा १०७ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने र १४२ अन्य घाइते भएका छन्। केही पीडितहरू भग्नावशेषमुनिपुरिएको बताइएको छ । यसै बीच प्यालेस्टिनी सुरक्षा स्रोतहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानहरूले गाजा शहरका अल-रिमाल, अल-साबरा, अल-जायटौन, ताल अल-हवा र शेख अजलिन लगायतका धेरै घरहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेका छन् ।

    स्रोत सिन्ह्वालाई बताए अनुसार इजरायलको हवाई र आर्टिलरी बमबारी र ती क्षेत्रमा चल्ने सबै चीजहरूमा ड्रोन आक्रमणका कारण एम्बुलेन्सहरू लक्षित स्थानमा पुग्न सकेका छैनन् । यसैबीच, दक्षिणी गाजान शहर रफाहमा दुईवटा घरलाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा ८ प्यालेस्टाइनीको मृत्यु भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।

    प्यारामेडिक्सका अनुसार दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा इजरायलले चलाएको तोप गोलाबारीको कारण स्थिति तनावग्रस्त बनेको छ । साथै, मध्य गाजाको देइर अल-बालाह शहरमा इजरायली विमानले बमबारी गर्दा थुप्रै प्यालेस्टिनीहरू मारिएका छन् भने केही घाइते भएका छन् । -रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij