पाकिस्तानले शनिबार सार्वजनिक गरेको अन्तिम केही निर्वाचन परिणाममा स्पष्ट बहुमत नदेखिए पनि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानप्रति वफादार स्वतन्त्र उम्मेदवारको बलियो प्रदर्शन देखिएको छ ।
देशले नतिजाले आगामी केही दिन सरकार गठनका लागि राजनीतिक खरीद–बिक्रीको सामना गर्ने देखिएको छ । खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले महिनौं लामो दमनको अवज्ञा गर्दै निर्वाचन अभियानलाई अघि बढाएको थियो ।
चुनावकै मुखमा पीटीआईका नेतालाई विभिन्न अभियोगमा जेल सजाय तोक्ने, यस पहिले पाएको चुनाव चिन्ह् प्रयोग गर्न रोक लगाउने, प्रचारप्रसारमा अवरोध सिर्जना गर्नेजस्ता कार्यले पीटीआईले आफ्ना उम्मेदवारलाई स्वतन्त्ररूपमा निर्वाचनको मैदानमा उभ्यायो ।
पाकिस्तानी राजनीतिमा संस्थापन पक्षको व्यापक जालझेलबीच मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवारले सशक्त नतिजा निकाल्न सफल भएको छ । यसले उनीहरूका मुख्य प्रतिद्वन्द्वीहरूलाई अझै पनि चुनौती दियो ।
परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका छन् । सेनाको समर्थन रहेको भनिएको पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) ले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ ।
तीन पटकका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ ।