सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

'जनयुद्ध दिवस'मा सार्वजनिक बिदा


  • 523
    SHARES
  • https://indrenipost.com/posts/6569
    माघ २८, २०८० आइतबार
    'जनयुद्ध दिवस'मा सार्वजनिक बिदा

    गोरखा । अजिरकोट गाउँपालिकाले 'जनयुद्ध दिवस' मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘आइतबारको कार्यपालिका बैठकले अजिरकोट गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम अजिरकोट गाउँपालिका भित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

    सर्वोच्च अदालतले फागुन १ मा 'जनयुद्ध दिवस'का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij