सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

चट्याङ लागेर ३ जनाको मृत्यु, १८ जना घाइते


  • 352
    SHARES
  • https://indrenipost.com/posts/6582
    माघ २९, २०८० सोमबार
    चट्याङ लागेर ३ जनाको मृत्यु, १८ जना घाइते

    दक्षिणी तान्जानियाको लिन्डी क्षेत्रमा अन्त्येष्टि कार्यक्रममा भाग लिने क्रममा शुक्रबार साँझ चट्याङ लागेर तीन जना गाउँलेको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन् ।

    यस क्षेत्रका स्वास्थ्य केन्द्रका इन्चार्ज अब्दल्लाह मपुताले दिएको जानकारी अनुसार पीडितहरू गाउँले छिमेकीको अन्त्येष्टिमा भाग लिइरहेका बेला चट्याङको प्रहारबाट घाइते भएका थिए ।

    “उनीहरूलाई अन्त्येष्टि कार्यक्रममा भाग लिइरहेको बेला एक्कासि भारी वर्षा सहितको चट्याङले हिर्कायो,“ मपुटाले भने । साँझ ४ बजे उनीहरूलाई चट्याङ परेको थियो ।

    घाइतेहरूको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij