सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

रफाहमा इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी


  • 541
    SHARES
  • https://indrenipost.com/posts/6596
    माघ २९, २०८० सोमबार
    रफाहमा इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी

    दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार एक सयभन्दा बढीको मृत्यु भएको छ ।

    आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको छ ।

    सोमबार बिहान रफाह क्षेत्रमा इजरायली सेनाले करिब ४० वटा हवाई आक्रमणसहित

    जमिनमा गोलाबारी गरेको बताइएको छ । इजरायली सेनाले दक्षिणी गाजामा हमासले श्रृङ्खलाबद्ध आक्रमण गरेकोे बताएको छ ।

    आक्रमणबाट भएको क्षतिको विवरण भने दिएको छैन । सन् २०२३ को अक्टोबर ७ देखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार एक १७६ पुगेको छ ।

    आक्रमणमा ६७ हजार ७८४ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ ।

    गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टको छेउमा रहेको रफाहमा पुगेका छन् ।

    रफाह क्रसिङमार्फत विदेशी देशहरू र संयुक्त राष्ट्रका एजेन्सीबाट खाना तथा औषधि सहायता प्राप्त गर्दे जीवन गुजारिरहेका छन् ।

    सीमावर्ती रफाह सहरमा कृषि भूमि, विद्यालय र सडक किनारमा विस्थापितहरूले भरिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij