सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

नेपालको ‘तराई भू–परिधि’ विश्व सूचीमा समावेश


  • 496
    SHARES
  • https://indrenipost.com/posts/6622
    फागुन १, २०८० मंगलबार
    नेपालको ‘तराई भू–परिधि’ विश्व सूचीमा समावेश

    काठमाडौं । नेपालको तराई भू–परिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) ‘पुनःस्थापनाको उत्कृष्ट नमूना’को विश्व सूचीमा समावेश भएको छ ।

    ‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसङ्घीय दशक’ले आज नेपालको तराई भू–परिधिलगायत विश्वका चर्चित वन तथा जैविक विविधता संरक्षणसम्बन्धी सात क्षेत्रलाई सो सूचीमा समावेश गरेको हो ।

    नेपालको तराई भू–परिधिसहित ‘मनग्रोभ रिजेनेरेसन इन श्रीलङ्का, अफ्रिकन फार्मर ट्रान्सफरमिङ फुड सिष्टम (माली, सेनेगल, तान्जानिया, युगाण्डा र केन्या), रिग्रिनिङ अफ्रिका (इथियोपिया, घाना, केन्या, माली, नाइजर, रुवाण्डा, सेनेगल सोमालिया), ‘रेन्टोरिङ मेडिटेरेनियन फरेष्ट’ (लेवनान, मोरक्को, ट्युनिसिमभ र टर्की), अक्सिअन अन्डिना (अर्जेन्टिना, बोलिभिया, पेरु, इक्वैडर र चिली), पाकिस्तानको लिभिङ इन्डुस पनि विश्व सूचीमा समावेश भएका छन् ।

    वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभाग तथा विश्व वन्यजन्तु कोषले आज यहाँ संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर २४ वर्षमा विभिन्न चुनौतीलाई चिर्दै सरोकारवाला सबैको एकीकृत प्रयासका कारण उक्त भूभाग विश्व सूचीमा समेटिएको जानकारी दिइएको हो । ने

    पाल सरकार, समुदायको संरक्षकत्व र नागरिक समाजको संलग्नतामा वन संरक्षण र पुनःस्थापना, वन्यजन्तको सङ्ख्यामा वृद्धि, पारिस्थितिकीय प्रणाली सेवा र अन्तरदेशीय जैविक मार्गको विस्तार तथा कार्यक्षमता बढाउन भएको योगदानका साथै सन् २००१ देखि हालसम्म तराई भू–परिधिमा ६८ हजार हेक्टर वन क्षेत्र संरक्षित भएकाले नेपाली भूभाग सूचीमा समेटिएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij