सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अपराध

काठमाडौं जिल्ला अदालतका अधिकृतलाई किन गरियो पक्राउ ?


  • 487
    SHARES
  • https://indrenipost.com/posts/6640
    फागुन २, २०८० बुधबार
    काठमाडौं जिल्ला अदालतका अधिकृतलाई किन गरियो पक्राउ ?

    काठमाडौं । बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन् ।

    गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

    अहिले सो सम्बन्धमा अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने कार्कीले बताए । गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij