सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

५९४ किलो गाँजासहित चारजना पक्राउ


  • 568
    SHARES
  • https://indrenipost.com/posts/6647
    फागुन २, २०८० बुधबार
    ५९४ किलो गाँजासहित चारजना पक्राउ

    धनकुटा । साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

    पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका-७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् ।   

    ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को.१ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङकरको बिचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याङकरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।   

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij