बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

राष्ट्रिय महाधिवेशन सरगर्मी

काँग्रेसको क्रियाशील सदस्यता विवाद थप ११ जिल्लामा समाधान

९ जिल्लाको विवाद आज टुंगिँदै


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/665
    भदौ ३०, २०७८ बुधबार
    काँग्रेसको क्रियाशील सदस्यता विवाद थप ११ जिल्लामा समाधान

    काठमाडौं । नेपाली काँग्रेसले थप ११ जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले बाँकी रहेका २० जिल्लामध्ये ११ जिल्लाको विवाद समाधान गरेको हो ।

    कार्यदलले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दिया, बाजुरा, मोरङ, महोत्तरी, पर्सा, सिराहा, कपिलवस्तु र काठमाडौंको विवाद टुंग्याएको निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

    ‘काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दियालगायतका थप ११ जिल्लाको विवाद टुंगिएको छ,’ उनले भने, ‘हिजो (मंगलबार) प्याकिङ गरेर राखिएको छ । हामीले बुझेकामात्र छैनौं ।’ श्रेष्ठले बुधबार विवाद समाधान भएका जिल्लाहरुको सदस्यता नामावली निर्वाचन समितिमा आइपुग्ने पनि बताए । उनले बाँकी रहेका २० वटै जिल्लाको विवाद बुधबार नै टुंगिने सम्भावना रहेको पनि जानकारी दिए ।

    ‘२० वटै जिल्लाको आज सकिन्छ भन्ने कुरा छ,’ अधिवक्ता श्रेष्ठले भने, ‘हिजै सक्ने तयारी थियो । केही बाँकी होला ।’ उनले बुधबार ३ बजे निर्वाचन समितिको बैठक बस्ने बैठकले विवाद टुंगिएका जिल्लाहरुमा निर्वाचन अधिकृतहरु तोकिने पनि जानकारी दिए । काँग्रेसले यसअघि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । त्यसअघि ५६ जिल्लाको नामावली सार्वजनिक गरेर वडा अधिवेशन सुरु गरिएको थियो ।

    कार्यदलले नामावली बुझाएपछि निर्वाचन समितिले डडेल्धुरामा लोकेन्द्रबहादुर बमलाई निर्वाचन अधिकृत तोकेर वडा अधिवेशन गराएको छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरामा सम्पन्न वडा अधिवेशनमा धाँधली भएको दाबी गर्दै स्वीकार नगर्ने अडान राखेको छ ।  

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij