सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

भूमाफिया

बहुचर्चित ललिता निवास प्रकरण : व्यक्तिको नाममा लैजाने कर्मचारी र विचौलिया दोषी ठहर


  • 433
    SHARES
  • https://indrenipost.com/posts/6685
    फागुन ३, २०८० बिहीबार
    बहुचर्चित ललिता निवास प्रकरण : व्यक्तिको नाममा लैजाने कर्मचारी र विचौलिया दोषी ठहर

    काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कर्मचारी र विचौलिया दोषी ठहर भएका छन् ।

    विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीलाई दोषी ठहर गरेको हो ।

    जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई दोषी ठहर भएका छन् । विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको छ ।

    मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको छ ।

    अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री शमशेर राणालाई भने सफाइ दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij