सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

इन्डोनेसियाको सन् २०२४ को चुनावमा २७ जना मतदान कर्मचारीको मृत्यु


  • 487
    SHARES
  • https://indrenipost.com/posts/6714
    फागुन ५, २०८० शनिबार
    इन्डोनेसियाको सन् २०२४ को चुनावमा २७ जना मतदान कर्मचारीको मृत्यु

    इन्डोनेसियाको सन् २०२४ को आम निर्वाचनमा कुल २७ जना मतदान कर्मचारीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता सिती नादिया तरमिजीले फेब्रुअरी १० देखि १५ सम्म मन्त्रालयलाई प्राप्त जानकारीका आधारमा मतदान अघि, मतदानका क्रममा र मतदानपछि उनीहरूको मृत्यु भएको बताउनु भएको छ ।

    मृत्युको मुख्य कारण हृदयाघात रहेको पाइएको छ जसमा ९ जनाको हृदयाघातबाट ज्यान गएको तरमिजीले बताउनु भएको छ ।

    अन्य कारणहरूमा सवारी दुर्घटनाबाट चार जनाको, दुई जनाको विद्युतीय झड्काबाट मृत्यु भएको छ भने उच्च रक्तचाप र श्वासप्रश्वासजन्य जटिलताबाट दुई जनाको मृत्यु भएको छ ।

    बाँकीको निधन बारे पुष्टि हुन बाँकी छ । इन्डोनेसियाको बुधबारको आम चुनावमा २०४ मिलियन भन्दा बढी मतदाता आठ लाख २३ हजार २२० स्टेशनमार्फत ५.७४ मिलियन भन्दा बढी मतदान कार्यकर्ता सहभागी रहेको निर्वाचन आयोगले जनाएको छ ।

    यसैगरी सन् २०१९ को आम निर्वाचनमा मृत्यु भएका मतदान कर्मचारीहरूको सङ्ख्या ८९४ पुगेको थियो । आकस्मिक मृत्युलाई रोक्न सरकारले स्वास्थ्य परीक्षण लागू गरेको छ र मतदान कर्मचारीको लागि अधिकतम उमेर सीमा ५५ वर्ष तोकेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij