सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

वित्तीय अपराध

सुप्रिम सहकारी बुटवलका व्यवस्थापक र अध्यक्ष पक्राउ


  • 514
    SHARES
  • https://indrenipost.com/posts/6715
    फागुन ५, २०८० शनिबार
    सुप्रिम सहकारी बुटवलका व्यवस्थापक र अध्यक्ष पक्राउ

    काठमाडौं । सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।

    सो सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाइलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

    दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    यो सहकारीका अध्यक्ष गितेन्द्रबहादुर (जीबी) राई हुन् । उनी नै यो सहकारीको संस्थापक अध्यक्ष थिए ।

    उक्त सहकारीबाट एक अर्ब ७ करोड ८२ लाख हिनामिना भएको भन्दै बचतकर्ताहरुले उजुरी दिएका थिए ।

    सोही सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड बढी रुपैयाँ ऋण लिएको छ ।

    लुम्बिनी प्रदेशका डीआईजी कुवेरसिंह कडायतका अनुसार उनीहरु दुवै जनालाई बुटवलबाट पक्राउ गरिएको हो ।

    पक्राउ परेका दुवैको म्याद थप गरेर अनुसन्धान हुँदैछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij