सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

भारतले प्रक्षेपण गर्‍यो मौसम उपग्रह


  • 604
    SHARES
  • https://indrenipost.com/posts/6743
    फागुन ६, २०८० आइतबार
    भारतले प्रक्षेपण गर्‍यो मौसम उपग्रह

    भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ ।

    जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५ः३५ मा उडेको थियो ।

    उक्त गाडीले उपग्रहलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रवेश गरेको ”इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेको छ ।

    इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि भूमि र समुद्र सतहहरूको निगरानीको लागि डिजाइन गरिएको हो ।

    दुई हजार २७४ केजी तौल भएको उक्त स्याटेलाइटले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्‍याउने छ । रासस/सिन्ह्वा

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij