काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा ऐनको विधेयक सदनमा प्रस्तुत गर्ने अन्तिम तयारी रहेको जानकारी गराएका छन् ।
बुधवार राष्ट्रियसभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन ।
प्रचण्डले संघीयता कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको विवाद क्षेत्र, दोहोरोपना हटाउन सरकार लागिपरेको बताए ।
उनले राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्नका लागि सरकार गम्भीर रहेको र ती आयोजनामा समस्या देखिएमा समाधानका लागि तयार रहेको उल्लेख गरे ।