पछिल्लो दुई वर्षदेखि रुस र युक्रेनका सेना युद्धको मैदानमा आमनेसामने छन् ।
यसैबीच, जागिरको बहानामा रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको खबर आइरहेको छ ।
मृतक हैदरावादका बासिन्दा थिए । उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ । अफसान मात्र ३० वर्षको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार अफसानलाई रुसले गत वर्ष डिसेम्बरमा सहायक भूमिकाका लागि बोलाएको थियो ।
तर, त्यहाँ पुगेपछि उनलाई बलपूर्वक रुसी सेनामा भर्ती गरियो । त्यसयता उनी युक्रेनविरुद्ध चलिरहेको युद्धमा लडिरहेका थिए ।
भर्खरै हैदरावादका सांसद असदुद्दीन ओवैसीले जबरजस्ती रुसी सेनामा भर्ती भएका भारतीय युवालाई बचाउन अपील गरेका थिए । त्यसपछि उनको मृत्यु मस्कोस्थित भारतीय दूतावासले पुष्टि गरेको छ ।
मृतक भारतीय नागरिकका भाइको नाम इमरान हो । इमरानले हालै आफ्नो भाइको सम्बन्धमा भारतीय दूतावासलाई सम्पर्क गरेका थिए । यस क्रममा हैदराबादका सांसद असदुद्दीन ओवैसी पनि उनीसँगै थिए ।
अफसानले त्यहाँको एजेन्टको सहयोगमा रसियामा काम पाएका थिए । उनको मृत्युपछि उनको परिवारले एजेन्टसम्म पुग्ने प्रयास गरिरहेको छ । तर, अहिलेसम्म भेट्न सकेको छैन । यस विषयमा एजेन्टले अफसानको मृत्यु नभएको बताएको छ ।
ति मात्र होइन, एजेन्टको कुरामा विश्वास गर्ने हो भने अफसानलाई पोस्ट गरिएको ठाउँ युक्रेनको सीमा क्षेत्रभन्दा धेरै टाढा थियो । एजेन्टका अनुसार अफसान जिउँदै छन् ।
उनलाई मस्कोबाट टाढा पोस्ट गरिएको छ। त्यसैले उनले अहिले नै केही पुष्टि गर्न सक्दैनन् । अफसानका श्रीमती र २ छोराछोरी छन् ।