सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा छ जना बेपत्ता


  • 487
    SHARES
  • https://indrenipost.com/posts/7173
    फागुन २६, २०८० शनिबार
    दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा छ जना बेपत्ता

    इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिबार देशको दक्षिणी तटमा पल्टिँदा छ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।

    दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार २९ टन क्षमताको डुङ्गा शनिबार बिहान तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा सुमुद्रमा पल्टिएको थियो ।

    कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ तर सबै अचेत अवस्थामा छन् ।

    “हामी अझै पनि हराइरहेका छ जनाको खोजी गरिरहेका छौं,” सरकारी अधिकारी ली हो–जुनले भने । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सम्बन्धित अधिकारीहरूलाई ‘नौसेना र माछा मार्ने डुङ्गाहरू सहित सबै उपलब्ध कर्मचारी र उपकरणहरू परिचालन गरेर जीवन बचाउन सक्दो प्रयास गर्न’ निर्देशन दिएका छन् ।

    योनहापका अनुसार डुङ्गा बिहीबार बिहान देशको दक्षिणी टापु जेजुबाट छुटेको र त्यसपछि माछा मार्ने काममा व्यस्त थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij