सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

बाढी र पहिरोमा परी इन्डोनेसियामा १९ जनाको मृत्यु, सात बेपत्ता


  • 550
    SHARES
  • https://indrenipost.com/posts/7186
    फागुन २७, २०८० आइतबार
    बाढी र पहिरोमा परी इन्डोनेसियामा १९ जनाको मृत्यु, सात बेपत्ता

    इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ भने अन्य सातजना अझै बेपत्ता रहेको प्रकोप एजेन्सीका वरिष्ठ अधिकारीले शनिबार उल्लेख गरेका छन् ।

    भारी वर्षाका कारण नदीहरूमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले सो प्रान्त प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापनका वरिष्ठ अधिकारी मुहारिन्दो इडवानले जानकारी दिएका छन् ।

    धेरैजसो मृतकहरू पेसिसिर सेलाटन रिजेन्सीमा फेला परेका थिए । त्यहाँबाट १७ वटा शव फेला परेका थिए भने बाँकी मृतकहरू परियामान रेजेन्सीमा फेला परेको इडवानले सिन्ह्वालाई फोनमा बताएका छन् ।

    तीव्र जलप्रवाहले १६ वटा पुल भत्किएर डुबानमा परेको, सडक अवरुद्ध भएको र घरहरू पनि बगेको हुँदा प्रकोप प्रभावितलाई राहत वितरणमा बाधा पुगेको उनले बताएका छन् ।

    प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीको आपतकालीन एकाइका प्रमुख फजर सुकमाले शनिबार बाढी कम भएपनि हजारौं घर डुबानमा रहेको जानकारी दिए ।

    बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यमा प्रकोप एजेन्सीका कर्मचारीहरू, सैनिकहरू, प्रहरीहरू र स्वयंसेवकहरू संलग्न परिचालित गरिएको सुकमाले जानकारी दिए ।

    एजेन्सी र अन्य सरकारी संस्थाहरूले आपतकालीन राहत प्रयास जारी राखेको पनि जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij