गाजापट्टीमा इजरायलको आक्रमणबाट ज्यान गुमाउनेको प्यालेस्टिनीको संख्या ३१ हजार नाघेको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टुबर ७ यता ३१ हजार ४५ को मृत्यु भएको हो ।
घाइतेको सङ्ख्या ७२ हजार ६५४ पुगेको छ । यसैबीच विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय क्षेत्रका विभिन्न स्थानमा गरेको आक्रमणमा ८५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
१३० जना घाइते भएका छन्।