सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीले राजीनामा दिँदै


  • 604
    SHARES
  • https://indrenipost.com/posts/7249
    फागुन २९, २०८० मंगलबार
    प्रधानमन्त्रीले राजीनामा दिँदै

    हइटीका प्रधानमन्त्री एरियल हेनरीले सङ्क्रमणकालीन राष्ट्रपति परिषद् गठन भएपछि आफूले राजीनामा दिने घोषणा गरेका छन् ।

    "मैले नेतृत्व गरिरहेको सरकारले (सङ्क्रमण) परिषद्को स्थापनापछि तुरुन्तै राजीनामा दिनेछ । म सबै हइटीबासीलाई शान्ति र स्थायित्वका लागि संयमित रहन आग्रह गर्दछु" हेनरीले भिडियो सम्बोधनमा भनेका छन् ।

    क्यारिबियन समुदायका क्षेत्रीय नेताहरूले सोमबार जमैकामा राजनीतिक सङ्क्रमणको व्यवस्थापन ढाँचामा छलफल गर्न र स्थानीय बासिन्दाहरूलाई तत्काल मानवीय सहायता प्रदान गर्नका लागि आपत्कालीन शिखर सम्मेलन आयोजना गरेका छन् ।

    सन् २०२१ जुलाई ७ मा हइटीका तत्कालीन राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ ।

    हइटीमा यस वर्षको फेब्रुअरी ७ अघि निर्वाचन हुने भनिएको थियो तर हुन सकेन जसले सामाजिक अशान्ति र राजनीतिक अस्थिरता निम्त्याइरहेको छ ।

    फेब्रुअरीको अन्त्यदेखि हइटीका थुप्रै गिरोह सङ्गठनहरूले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै राजधानी, पोर्ट-ओ-प्रिन्स, प्रहरी चौकी, प्रहरी प्रतिष्ठान र अन्तरराष्ट्रिय विमानस्थललगायत सार्वजनिक निकाय र क्षेत्रमा आक्रमणलाई तीव्रता दिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij