सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

पुटिन पाँचौँपटक रुसको राष्ट्रपति बन्ने निश्चित


  • 406
    SHARES
  • https://indrenipost.com/posts/7315
    चैत ५, २०८० सोमबार
    पुटिन पाँचौँपटक रुसको राष्ट्रपति बन्ने निश्चित

    भ्लादिमिर पुटिन पुनः रूसको राष्ट्रपति निर्वाचित हुने निश्चित भएको छ । तीन प्रतिस्पर्धीलाई पछि पार्दै पुटिन पाँचौँपटक रुसको राष्ट्रपति निर्वाचित हुन लागेका हुन् ।

    गणना अन्तिम चरणमा पुग्दा ८७ प्रतिशत मत पुटिनको पक्षमा भएको बताइएको छ । रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा मतदान भइरहेको छ ।

    पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिएका छन् । कतिपय स्थानमा उनका समर्थकले विजयोत्सव मनाउन शुरु गरिसकेको बीबीसीले जनाएको छ ।

    जितसँगै पुटिन सन् २०३० सम्म सत्तामा रहने छन्। रुसमा प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुने गरेको थियो । तर सन् २००८ मा कार्यकालको अवधि ६ वर्षका लागि बनाइएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij